३ घन्टा थुनामा राखेर रिहा भए ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाएका युवा
2021/01/08, 7:52

काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ता सम्बोधन गर्न धनगढी पुगेर भाषण गरेको क्षेत्रमा निर्मला पन्तको बलात्कार र हत्या गर्ने दोषी खै भनेर प्रश्न सोधेका युवालाई प्रहरीले ३ घन्टा नियन्त्रणमा राखेर छोडेको छ।

प्रहरीले उनीहरुलाई सभास्थलबाट २ बजे नियन्त्रणमा लिएको थियो। प्रधानमन्त्री ओली काठमाडौं फर्केपछि साँझ पाँच बजे मात्र उनीहरुलाई रिहा गरिएको छ।
प्रहरीले यस्तो टिर्सट लगाएका सात जना युवालाई पक्राउ गरेको थियो। २०७५ सालमा पन्तको बलात्कारपछि हत्या गरिएको थियो। लामो आन्दोलन भएपनि हालसम्म अभियुक्त पक्राउ पर्न सकेको छैन।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/08, 8:58
2021/06/22, 9:46
2022/02/19, 10:42
2023/03/08, 12:59