कैलालीमा प्रहरी बिट नजिकै महिलामाथि बलात्कारको प्रयास
2021/01/09, 1:19
 
rape

कैलालीको गोदावरी नगरपालिका ४ खैरानामा रहेको अस्थायी प्रहरी बिट नजिकैको जङ्गलमा एक महिलामाथि बलात्कारको प्रयास भएको छ । शनिबार बिहान साढे सात बजे घरबाट अत्तरिया बजार आउने क्रममा सोहि ठाउँकि २५ बर्षिय महिलामाथी प्रहरी बिट नजिकैको जंगलमा बलात्कारको प्रयास भएको हो ।

स्थानिय रुपचन्द बिष्टका अनुसार बिहान साढे सात बजेतिर घरबाट अत्तरिया बजार आउने क्रममा उनिमाथी कालो ज्याकेट,टोपि, मास्क लगाएको ब्यत्तिले बलात्कारको प्रयास गरेको उनले बताए । पिडित महिलाले अज्ञात व्यक्तिले आफुमाथी जबरजस्ती गर्न खोजेको र ट्याक्टर आएपछि आफू वचन सफल भएको भन्दै शनिबार ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएकी छन ।

बलात्कारको प्रयास गर्न खोज्ने अज्ञात ब्यक्तिलाई खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक डिएसपि प्रेम बहादुर शाहीले जानकारी दिए ।