जिल्ला सहकारी संघको साधारण सभा सम्पन्न
2021/01/09, 5:52
 
sahakary

जिल्ला सहकारी संघ लिमिटेड धनगढीको २१ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । पुस २० गतेदेखि सुरु भएको कार्यक्रम विभिन्न स्थानमा इकाई साधारण गर्दै शनिबार धनगढीमा साधारण सभा सम्पन्न भएको हो ।

पुस २० गतेका दिन लम्की, पुस २१ गते सुखड, पुस २३ गते अत्तरियामा भएको इकाई साधारण सभापश्चात् शनिबार भने धनगढीमा साधारण सभा सम्पन्न भएको हो ।  संस्थाका अध्यक्ष फणिराज सापकोटाको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड रहेका थिए भने विशिष्ठ अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेडका सल्लाहकार संयोजक भोजबहादुर बम रहेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका सल्लाहकार रणबहादुर चन्द, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक कृष्ण रावलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला संघका उपाध्यक्ष भूपेन्द्र थापा, नवजीवन सहकारी संस्थाका उपाध्यक्ष गोविन्दराज जोशी, जिल्ला सहकारी संघका सल्लाहकार शान्ति सिंह, लालबहादुर देउवालगायतको उपस्थिति थियो ।