प्रतिनिधि सभा विघटन खारेज र रेशमलाई रिहाइको माग गर्दै प्रदर्शन
2021/01/09, 6:26
 
birodh

जनता समाजवादी पार्टी (जसपा) ले शनिबार धनगढीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनको विरोध र रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीहरुको रिहाइको माग गर्दै सो पार्टीले प्रदर्शन गरेको हो । 

1

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिबाट सुरु भएको विरोध प्रदर्शन ¥याली क्याम्पस चौकमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै जसपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको जिकिर गरे । उनीहरुले प्रतिनिधि सभा विघटनलाई खारेज गर्नु पर्ने माग राखे । 

2

यसैगरी, टीकापुर घटना राजनीतिक रहेको भन्दै त्यसको समाधान राजनीतिक रुपमै खोज्न माग गरेका छन् । उनीहरुले टीकापुर घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउनका लागि तत्कालीन समयमा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । यसैगरी रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीहरुको रिहाइको माग गरेका छन् । 

2

विरोध सभालाई सो पार्टीका केन्द्रीय सदस्यहरु नारायण पुरी, नवराज सुवेदी, दुर्गा सोब, गोविन्द चौधरी, दानसिंह विश्वकर्माले सम्बोधन गरेका गंगा चौधरीले जानकारी दिए ।  । होरीलाल चौधरीको अध्यक्षतामा सभा भएको थियो ।