कम्युनिष्टले जनतालाई धोका दिएः काग्रेेंस
2021/01/09, 6:42
 
birodh

नेपाली काग्रं्रेसका नेताहरुले जनताबाट बहुमत पाएका कम्युनिष्टले जनतालाई नै धोका दिएको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा सो पार्टीले शनिबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभाको विघटन गरेको आरोप लगाए । 

विरोध सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य डिल्लीराज पन्तले जनताले बहुमत दिएको कम्युनिष्ट सरकारले जनतालाई नै धोका दिएको आरोप लगाए । उनले कम्युनिष्टका कदमको काङ्ग्रेसले विरोध गर्ने उल्लेख गरे । यस्तै, अर्का सदस्य दीव्यकुमारी शाहले धनगढी आएर प्रधानमन्त्रीले ठूलठूला गफ दिए पनि निर्मला पन्त हत्याका घटनाका दोषीलाई पत्ता लगाउन नसकेको बताइन् । निर्मलाको लागि न्याय खोज्नेहरुलाई उल्टै सरकारले पक्राउ गरेको उनले उल्लेख गरिन् । 

सभालाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाली जनताले बनाएको संविधानलाई कम्युनिष्टले मिचेको आरोप लगाए । उनले संविधान र जनताका लागि कागं्रेस सडकमा उत्रेको बताए । धनगढीको पार्क मोडबाट कागं्रेसले रातो पुलसम्म विरोध जुलुस समेत प्रदर्शन गरेको थियो । बसपार्क अगाडी पुगेर विरोध सभा गरिएको थियो ।