
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले वर्तमान सरकार र नेकपाले नेपालको संविधानको धज्जी उडाएको बताएका छन् । नेपाली काँग्रेस कैलालीको क्षेत्र नं ५ले धनगढीमा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीले प्राप्त संविधानमाथि मनलाग्दी गरेको आरोप लगाएका हुन्।

उनले भने,‘यी कम्युनिष्टले संविधानमाथि मनलाग्दी गरेका छन्। व्यक्तिगत स्वार्थ पूर्ति गर्न नपाएर संसद विघटन गराएका हुन्। त्यस्तै, मेयर वडले काँग्रेसले वडा सदस्य समेत बनाउन योग्य नठान्ने व्यक्तिहरुलाई नेकपा ओली समूहले केन्द्रीय सदस्य बनाएको भन्दै टिप्पणी पनि गरेका छन्।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2022/08/26, 11:13