सुदूरपश्चिम प्रदेशका थप २५ जनामा कोरोना संक्रमण पुष्टि
2021/01/09, 8:27
 
corona

सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा झण्डै साढे २ सय जनाको  नमूना परीक्षण गर्दा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बझाङ, बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५४ जनाको नमुना परिक्षण गर्दा थप २५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ५० जनाको नमूना परीक्षण गर्दा १४ जना, अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा ५७ जनाको नमूना परीक्षण गर्दा ५ जना, जिल्ला अस्पताल बझाङ प्रयोगशालामा २२ जनाको प्रयोगशाला ४ जना र जिल्ला अस्पताल डोटीमा १७ जनाको परीक्ष्ण गर्दा २ जनामा कोरोना पुष्टि भएको उनले बताए। 

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा ८ जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार १ सय ६०  पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ११ हजार ४ सय २१ जनाले कोरोना जितेका छन् भने ७३ जनाको मृत्यु भएको छ।