सुदूरपश्चिमका पूर्व पत्रकार उपाध्यायको निधन
2021/01/10, 10:47
 
death

सुदूरपश्चिमका पूर्व पत्रकार मातृ सन्देश साप्ताहिकका सम्पादक तथा समाजसेवी  अम्बिका प्रसाद उपाध्यायको  निधन भएको छ ।   धनगढी उपमहानगरपालिका ८ क्याम्पस चौक निवासी करिब ७३ वर्षीय उपाध्यायको आइतबार निधन भएको हो।

२०३८ देखि २०४८ को अवधीमा धनगढीबाट प्रकाशित हुने मातृ सन्देश साप्ताहिक पत्रिकाका सम्पादक रहेका उपाध्यायलाई  स्वासप्रस्वास सम्बन्धी समस्या रहेको बताइएको छ।  पछिल्लो समय उनी कैलाली बहुमुखी क्याम्पस धनगढीको क्याम्पस व्यवस्थापन समितिको कोषाध्यक्ष पदमा कार्यरत रहेका थिए ।