कोरोना भाइरस संक्रमणका कारण बैतडीमा एकजनाको मृत्यु भएपछि सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सिल गरिएको छ । दशरथचन्द नगरपालिका–४ गढी क्षेत्रका केही दिन अधि एक जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा माघ ६ सम्म सिल गरिएको हो।
केही दिनअघिमात्रै एकजनामा मृत्युपछि कोरोना पुष्टि भएको र उनको सम्पर्कमा रहेकामा पनि कोरोना देखिएकाले गढी क्षेत्र आइतबारदेखि माघ ६ सम्म सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए।
गढी क्षेत्रमै अहिले पनि सात जना सक्रिय संक्रमित रहेकाले संक्रमण नफैलियोस् भन्नका लागि सिल गरिएको चन्दले बताए।
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2020/10/13, 8:44
2022/02/21, 3:26
2023/03/13, 12:07