सुदूरपश्चिम प्रदेशका थप २८ जनामा कोरोना संक्रमण पुष्टि
2021/01/10, 6:53
 
corona

सुदूरपश्चिम प्रदेशका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा एक सय चार नमूना परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा  परिक्षण गर्दा थप २८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ५१ जनाको नमूना परीक्षण गर्दा १२ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३४ जनाको नमूना परीक्षण गर्दा ६ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा १९ जनाको नमूना परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको छ ।  

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार १ सय ८८  पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ११ हजार ६ सय ९७ जनाले कोरोना जितेका छन् भने ७३ जनाको मृत्यु भएको छ ।