
कैलालीको कैलारी गाउँपालिकाले माघीमा ३ दिन बिदा दिने निर्णय गरेको छ । सोमबार भएको गाउँपालिकाको अधिवेशनले थारु समुदायको महान पर्व एवं नयाँ वर्ष माघीको अवसरमा पुस २९ गते, माघ १ र २ गते बिदा दिने निर्णय भएको हो ।

गाउँपालिकामा थारु बाहुल्यता रहेकोले यस पर्वलाई थारु समुदायमा महान पर्व र नयाँ वर्षको रुपमा मनाउने हुँदा ३ दिन बिदा दिने निर्णय गरेको गाउँपालिका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष कमल प्रसाद चौधरीले जानकारी दिए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघ १ गते बिदा दिने निर्णय गरेको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2022/08/26, 11:13