
बैतडी, २७ पुस । बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क स्थापना हुने भएको छ । सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापनाको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । चालु आर्थिक बर्षदेखि नै हेल्थडेस्क स्थापना हुने र यसको तयारी समेत अन्तिम चरणमा पुगेको उनले बताए । हेल्थ डेस्कमा तत्कालका लागि एकजना हेल्थ असिष्टेन्ट र एकजना अनमी खटाउने तयारी भएको स्वास्थ्य प्रमुख बताए । हेल्थ डेस्कबाट स्वास्थ्यचौकी स्तरका सेवा प्रदान गरिने उनले बताए ।


2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2022/08/26, 11:13