कैलालीमा केपी खनालको राजमार्ग सरसफाइ अभियान सुरु
2021/01/11, 7:48
 
sarsafai

सफाइ अभियान्ता केपी खनालले कैलालीको लम्कीबाट राजमार्ग सरसफाई अभियान सुरु गरेका छन्। सोमबार लम्कीमा ‘सके सफा गरौ नसके फोहोर नगरौं’ भन्ने मुल नाराका साथ राजमार्ग सरसफाई अभियान शुरु गरिएको छ।

विभिन्न सामाजिक कार्यमा सक्रिय देशकै कान्छा सामाजिक अभियन्ता भनेर चिनीने केपी खनाले मैनादेवी फाउण्डेसनको आयोजनामा राजमार्ग सरसफाई अभियान शुरु गरेका हुन्। नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर खनालले सो अभियान सुदुरपश्चिमको प्रबेशद्धार लम्कीचुहा नगरपालिका बाट शुरु गरेका हुन। अभियानको लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले सड्कमा झाडु लगाएर उद्घाटन गरेका थिए।

मैनादेवी फाउण्डेसनका अध्यक्ष समेत रहेका सामाजिक अभियान्ता खनालले यस अभियान अन्र्तगत जिल्लाको पुर्बपश्चिम राजमार्ग अन्र्तगत पर्ने सबै स्थानीय तहको राजमार्गक्षेत्रका बजारमा सरसफाई गरीने बताए।जिल्लाको टीकापुर, बौनिया, सुख्खड, मसुरीया, अत्तरीया, धनगढी लगायतका मुख्य ८ बजारमा सरसफाई अभियान चलाउने पहिलो चरणको कार्यक्रम भएता पनि आवश्यक्ता अनुसार यसको दायरा अझ फराकिलो बनाउदै लैजाने खनालको भनाई छ।

राष्ट्रको पहिचान त्यसको सुन्दरतामा लुकेको हुने भएकाले टोल, गाउँ, बस्ती, समाज र समुदाय हुदै राष्ट्रलाई नै सुन्दर बनाउन सबै ठाँउमा सफा ,सुन्दर र हराभरा राख्न आवश्यक रहेको औल्याउदै खनालले लामो समय देखि बिभन्न अभियान अन्तर्गत ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ सरसफाई अभियान चलाउदै आएका छन्।

सानै उम्मेर देखि समाजमा केहि गर्नु पर्छ, भन्ने स्वभावका खनालले बाजुरामा रहेका अनाथ बालबालिकाका लागि अनाथालय निमार्ण, सके हजार नसके प्रचार, क्लिन काष्ठमण्डप, असहायहरुका लागि सहयोग लगायतका थुप्रै सामाजिक अभियान चलाएर बिभिन्न समस्यामा परेका परिवार र विपन्न बर्गकालाई सहयोग गदै आएका छन्।

राजमार्ग सरसफाई अभियानको उद्घाटन गदै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले नगरको स्वच्छता र सरसफाईमा आफु गम्भीर रहेको बताए । सानै उमेरमा सामाजिक अभियान्ता केपी खनालले ल्याएको अभियान र समाजमा गरेका कार्यहरुले सबै विद्यार्थी र युवाहरुका लागि प्रेरणाको स्रोत बन्न सक्ने समेत नगर प्रमुख महादेब बजगाईले बताए।