
१३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी पौडी खेलाडी गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् । मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा सुदूरपश्चिमकी चेली गौरिका उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भइन् । उनले १५० सीसीको पल्सर मोटरसाइकल पनि पाइन् ।

१७औं सागमा एकै प्रतियोगितामा सर्वाधिक पदक जित्ने खेलाडीको कीर्तिमान गौरिकाको नाममा छ । यो विधामा तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02