मेनबिन सप्ताह कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम
2021/01/13, 9:25
 
blood donation

मेनबिन सप्ताह कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लाइन्स क्लब अफ धनगढी इनोभेटिभ र लाइन्स क्लब धनगढी खप्तडको सहकार्यमा मेनबिन सप्ताह कार्यक्रमको छैठौ दिनमा धनगढीको पार्कमोडमा रक्तदान कार्यक्रमको आयोजना गरिएका हो ।

लाइन्स क्लबका संस्थापक अध्यक्ष मेनबिन जोनको जन्मदिनको अवसरमा मेनबिन सप्ताह कार्यक्रम अन्तर्गत  धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको लाइन्स क्लब अफ धनगढीका खप्तड कैलालीका अध्यक्ष हरि सिंह धामिले बताए । रक्तदान कार्यक्रममा ४0 पिन्ट संकलन गरिएको  ध्यक्ष धामीले बताए ।

2

मेनबिन सप्ताह कार्यक्रम अन्तर्गत धनगढीमा रहेको स्ट्रीट पव्ज, अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउस र मानव सेवा आश्रम धनगढीलाई खाद्यान्न सहयोग, हसुलियामा निःशुल्क आखाँ शिविर, मानव सेवा आश्रम मा अनिःशुल्क डाइभिटिज शिविर गरिएको उनले बताए ।

मेनबिन सप्ताह कार्यक्रमको अन्तिम दिनमा बालबालिकालाई शैक्षिक सामाग्री वितरणको कार्यक्रम रहेको लाइन्स क्लब अफ धनगढी खप्तड कैलालीका अध्यक्ष  हरि सिंह धामी ले बताए ।