
बैतडीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । पञ्चेश्वर गाउँपालिकाकी किशोरीमाथि पुस १५ गते बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेको हो।


बलात्कार आरोपमा गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय प्रविन चन्द पक्राउ परेका छन्। उनलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। किशोरीको घरमै गएर ती युवकसहित अन्यले सामूहिक रुपमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
घटनामा संलग्न अन्यको खोजी कार्य जारी भइरहेको प्रहरीले जनाएको छ।


2021/01/22, 7:11
2021/01/21, 8:45
2021/01/21, 6:41
2021/01/21, 6:27
2021/01/21, 4:31
2021/01/21, 3:03
2021/01/21, 2:54
2021/01/21, 2:50
2020/10/11, 4:53
2020/06/09, 2:04
2020/10/12, 1:07
2020/06/09, 7:09