दार्चुलामा बेपत्ता भएकामध्ये महिला र बालबालिकाको संख्या बढी
2021/01/14, 9:35
 
bepptaa

दार्चुलामा मानिस बेपत्ता हुने क्रम बढिरहेको देखिन्छ । जसमा महिला र बालबालिकाको संख्या पुरुषभन्दा बढी छ ।  प्रहरीको तथ्याङक अनुसार दार्चुलामा आर्थिक वर्ष २०७३/०७४ मा ३४ जना बेपत्ता भएका छन् ।

जसमध्ये २० महिला, ३ पुरुष, ३ बालक र ६ बालिका छन् । आर्थिक वर्ष २०७४/०७५ मा ३३ जना बेपत्ता भएका छन् । २० महिला, ४ पुरुष, २ बालक र ६ बालिका रहेका छन् । 

आर्थिक वर्ष २०७५/०७६ मा ६४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेपत्तामध्ये ३५ महिला, १९ बालिका र १० बालक रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ६२ जना बेपत्ता भएका छन् । जसमध्ये ३९ महिला, १४ बालक र ९ जना बालिका रहेका छन् ।

त्यसैगरी चालु आर्थिक वर्ष २०७७/०७८को हालसम्म ३३ जना बेपत्ता भएको उजुरी परेको जिप्रका दार्चुलाले बताएको छ । जसमा २३ महिला ५ पुरुष र ५ जना बालबालिका रहेका छन् । बेपत्ता भएका ३३ जनामध्ये ७ जना फेला परेको प्रहरीले जनाएको छ । जसमा १ पुरुष, ५ महिला र १ जना बालक रहेका छन् ।

आर्थिक वर्ष २०७३/०७४ देखि चालु आर्थिक वर्षको हालसम्ममा २ सय २५ जना बेपत्ता भएका छन् । जसमा १ सय ३७ महिला, ७६ बालबालिका र १२ पुरुष रहेका छन् । तीमध्ये १ सय ५९ जना फेला परेको बताइएको छ ।