सुदूरपश्चिममा १३४ नमूना परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि
2021/01/14, 9:19
 
corona

सुदूरपश्चिमका ३ वटा प्रयोगशालामा झण्डै डेढ सय जनाको नमूना परीक्षण गर्दा थप ७ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ३४ जनाको नमुना परिक्षण गर्दा थप ७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ३८ जनाको परीक्षण गर्दा ६ जना र सेती प्रादेशिक अस्पतालकोे प्रयोगशालामा ८९ जनाो नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको उनले बताए।  कमलबजार नगरपालिकाको प्रयोगशालामा परीक्षण गरिएका ७ जनाको रिर्पोट नेगेटिभ आएको कार्की बताए।  

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार २ सय २३ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १२ हजार १ सय ३९ जनाले कोरोना जितेका छन् भने ७४ जनाको मृत्यु भएको छ।