कञ्चनपुरमा २३ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो
2021/01/15, 12:16
 
bhukamp

कञ्चनपुरमा २३ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । शुक्रवार कञ्चनपुर जिल्ला मुआयोजक समितिको आयोजनामा “बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा”भन्ने मुल नाराका साथ २३ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

No description available.

जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायत मिलेर संयुक्त ¥याली सहति भूकम्प सुरक्षा दिवस मनाएको छ । 

सुरक्षा निकाय सँगै अन्य सरोकारवाला निकायले मनाएको भूकम्प सुरक्षा दिवसको ¥याली जिल्ला प्रशासन कार्यालय भएर बजार क्षेत्र हुदै मदनचोकमा आएर समापन कार्यक्रम गरिएको थियो । 

No description available.

भूकम्प सुरक्षा दिवसको कार्यक्रमा बोल्दै जिल्ला प्रमुख अधिकारी राम कुमार महतोले भूकम्प विपतको कारण देशमा हजारौ व्यक्ति हरुले ज्यान गुमाउने परेको बताएका छन् ।  उनले भूकम्पका कारणले जयान गुमाउने नेपाली नागरिकहरु प्रति श्रदाञ्जली समेत दिएका छन् । नेपालमा विक्रम सम्वत १९९० माघ २ गते गएको भुकम्पको कारणले ठूलो क्षती भएको थियो ।

No description available.

१९९० मा गएको भुकम्पको सम्झानामा नेपालमा २०५५ सालदेखी हरेक वर्ष राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइने गरिएको प्रमुख जिल्ला अधिकारी महतोले बताए ।