प्रतिनिधि सभा विघटनविरुद्ध स्थानीय तहमा विरोध सभा आयोजना गर्दै काँग्रेस
2021/01/16, 8:58

नेपाली काँग्रेसले देशभरका स्थानीय तहहरुमा विरोध सभा आयोजना गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै काँग्रेस आन्दोलित रहेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गरेका छन्।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले संसद विघटनको कार्यलाई काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको उल्लेख गर्दै जनभावना विपरितको कार्यविरुद्धा काँग्रेस एकमतको साथ उभिएको बताएका छन्।
यसअघि काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध सभा आयोजना गरिसकेको छ। माघ ८ मा देशैभरका सबै वडामा विरोध कार्यक्रम तय गरेको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14