धनगढीबाट ५८ जनासँगै बस रिजर्व गरेर बाजुरा पुगेका थिए कोरोनाले मृत्यु भएकी बालिका र उनकी आमा
2020/05/31, 4:04
 
sima

बाजुरामा कोरोनाका कारण मृत्यु भएकी बालिका र उनकी आमा सहित ५८ जना एकै वसमा वाजुरा पुगेको पाईएको छ । गौरीफन्टा नाकाबाट उद्धार भएकी दिन जेठ १३ गते साँझ वाजुराका लागि वस रिजर्व गरेर ५८ जना हिडेका थिए । कोरोनावाट मृत्यु भएकी बालिका संक्रमित उनकी आमा पनि सोही वसबाट बाजुरा पुगेर क्वारेन्टाईन वसेको बुढीगंगा नगरपालिका मेयर दिपक विक्रम शाहले जानकारी दिए ।

जेठ १४ गतेदेखि उनीहरुलाई वडा नम्बर १ धुरासैन माविको क्वारेन्टाईनमा राखिएको थियो । उनीहरु वसेको क्वारेन्टाईनमा १७१ जना रहेको पाईएको छ । बालिकाको मृत्यु र आमा संक्रमण भएप्छि अव दुवै जनाको सम्पर्कमा आएकाहरुको पनि खोजी सुरु हुने नगरपालिकाले जनाएको छ । मृतक वालिका आमा र बुवाको जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाईएको थियो ।

बुढीगंगा नगरपालिका १ धुरालसैनमा माविको आईसोलेसनमा अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साँझ राखिएको थियो । २ बर्षकी बालिकामा पखाला, ज्वरो, श्वास प्रश्वास समस्याबाट ग्रसित रहेकी थिईन । बालिका बिरामी भएपछि बिहीवार साँझ सदरमुकाम मार्तडीमा रहेको आईसोलेसनमा ल्याईएको थियो । आज विहान उनको त्यही मृत्यु भएको हो । मृतक बालिकाकी २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।