कैलालीका स्थानीय तहमा काँग्रेसको विरोध सभा
2021/01/16, 6:07
 
c

संसद विघटनको विरोधमा नेपाली काँग्रेसले कैलालीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ । देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत धनगढीसहित कैलालीका १३ वटै स्थानीय तहमा पनि प्रदर्शनसहित कोण सभाको आयोजना गरिएको हो । यस्तै गौरीगंगामा आयोजना गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुनिलकुमार भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक कार्य गरेको आरोप लगाए ।

आफ्नै पार्टीभित्रको अन्तरविरोध सहन नसकेर बहुमतको कम्युनिष्ट सरकारले राजाले २०१७ मा गरेको क ुभन्दा ठूलो गैरसंवैधानिक कार्य गरेको आरोप लगाए । यस्तै नेपाली कांग्रेस गोदावरी नगरसमितिले प्रतिनिधि सभा विघटन विरूद्ध आज अत्तरिया चौराहामा विरोध प्रदर्शन गरेको छ । कोण सभालाई साम्बोधन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य डा. लक्ष्मीराज पाठकले कम्युनिष्ट सरकारले एकतन्त्रिय शासन स्थापना गर्नको लागि संसद विघटन गरेको बताए । यसअघि कांग्रेसले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने जनाएको छ ।