धनगढीमा आज थप एक जनामा कोरोना पुष्टि भएको छ । उप–महानगरपालिकाको वडा नम्वर ३ का ४७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । धनगढीको त्रिनगर माविको क्वारेन्टाईनमा रहेका उनलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
त्रिनगर क्वारेन्टाईनमा रहेका ती पुरुषलाई आरडिटीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि पिसिआर गर्नका लागि जेठ ११ गते उनको थ्रोट स्बाव संकलन गरिएको थियो । तर त्यो समयमा प्रदेश सभाको वैठक सञ्चालनका लागि भन्दै प्रदेश सभा सदस्यहरु, सभाका कर्मचारीहरु, सुरक्षाकर्मीहरु र सञ्चालकर्मीहरुको कोरोना जाँच गर्नका लागि धनगढी स्थित प्रयोगशालालाई निर्देशन दिएपछि ती पुरुष सहित धेरैको कोरोना परिक्षण हुन सकेको थिएन् । जेठ ११ गते लिईएको थ्रोट स्वाबको नमुना हराएपछि फेरि शनिवार उनको नमुना लिईएको थियो ।
उनीसँगै अन्य १२ जनाको शनिवार थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा सोही नमुनामा ती पुरुषको रिपोर्ट पोजेटिभ देखाएको हो । धनगढीमा कोरोना पुष्टि भएका ३७ बर्षीय युवक कैलालीको त्रिनगर नाकाबाट जेठ ७ गते नेपाल आएको खुलेको छ । जेठ ७ गते उद्धार गरेर उनलाई त्रिनगर माविको क्वारेन्टाईनमा राखिएको थियो । उनी त्रिनगरबाट त्रिनगर माविसँग टिप्परमा आएका थिए । संक्रमित पुरुष त्रिनगर नाकाबाट धनगढीका विभिन्न वडाका लाई उपमहानगरपालिकाले टिप्परमा २५ जनासँगै आएका थिए । उनीसँगै टिप्परमा आएका ७ जना त्रिनगर माविको क्वारेन्टाईनमा वसेका थिए भने अन्य नगरका वडाहरुमा राखिएको क्वारेन्टाईन गएको कोभिड १९ व्यवस्थापन उप सिमितका संयोजक नारायण वरालले जानकारी दिए । उनीसँगै त्रिनगर माविको क्वारेन्टाईनमा ६५ जनालाई राखिएको थियो ।
योसंगै धनगढी उप–महानगरपालिकामा संक्रमितको सङख्या तीन पुगेको छ । यसअघि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष र उनकी ३४ बर्षीय भाउजुमा कोरोना पुष्टि भएको थियो । उनीहरु दुबै जना कोरोनालाई जितेर घर फर्किसको छन् ।