
आइतबार सुदूरपश्चिम प्रदेशमा १८ जनाको नमूना परीक्षण भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशाला र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा १८ नमूना परीक्षण गर्दा २ जनामा मात्र कारोना संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा १६ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा २ जनाको नमूना परीक्षण गर्दा दुवैैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार २ सय २७ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १२ हजार ३ सय २० जनाले कोरोना जितेका छन्। ७४ जनाको मृत्यु भएको छ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/12/25, 11:41
2021/03/14, 3:28