कैलालीको भजनीका संक्रमित बाकेँबाट आएर ८६ जनासँगै क्वारेन्टाईनमा वसेका थिए
2020/05/31, 5:33

कैलालीमा आईतबार थप तीन जनामा कोरोना पुष्टि भएको छ । भजनी नगरपालिका ६ थापापुरका २३ बर्षीय पुरुष, धनगढी उपमहानगरपालिका ३ का ४७ बर्षीय पुरुष र जानकी गाउँपालिका ९ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भजनीका कोरोना संक्रमित पुरुष जेठ ४ गते बाँकेबाट भजनी आएको खुलेको छ । उनलाई भजनीको महोन्याल माविको क्वारेन्टाईनमा राखिएको थियो । उनीसंगै सोही क्वारेन्टाईनमा ८६ जना रहेको भजनी नगरपालिका स्वास्थय शाखा प्रमुख कृति सिंह विकले जानकारी दिईन् ।
उनीहरुहरुमध्ये १० जनाको कोरोना परिक्षणमा ९ जनाको रिर्पोट नेगेटिभ आएको छ । ती पुरुषको रिर्पोट पोजेटिभ आएको हो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07