
दुई सय ९९ औं पृथ्वी जयन्तीको अवसरमा आयोजित साताव्यापी रक्तदान सप्ताह कार्यक्रम सम्पन्न भएको छ । धनगढीको हसनपुरमा रहेको आदर्श नव युवा क्लवले नगरपालिका रोड स्थित फ्ल्याटल्याण्ड परिषरमा आयोजना गरेको रक्तदान सप्ताह कार्यक्रम सम्पन्न भएको हो । रक्तदान सप्ताह कार्यक्रममा १ सय ३० जनाले रक्तदान गरेको क्लवका अध्यक्ष निराजन खड्काले बताए ।

कोरोना महामारीका बेला भइरहेको रगत अभावलाई मध्यनजर गर्दै साताव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजन गरेको क्लवका अध्यक्ष निराजन खड्काले बताए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख शुशिला मीश्र भट्टको प्रमुख आथित्यमा रक्तदान सम्पन्न भएको हो । कार्यक्रम आयोजना गर्न कामना एग्रो फार्मका संचालक पन्कज देउवाले पनि सहयोग गरेका थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/12, 10:15
2021/02/16, 11:03
2021/09/17, 1:31