
धनगढीमा झण्डै ५ तोला सुन पाएकी एक महिलाले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेकी छिन् । उप–महानगरपालिकाको वडा नम्बर १ की शान्ति चौधरीले पाएको पौने ५ तोला सुन फिर्ता गरेकी हुन् । ३ गते मोटरसाईकलमा अत्तरिया गईरहेका धनगढी उपमहानगरपालीका वडा नम्बर १ शान्तिनगर बस्ने प्रदिप नेपाली बोकेको गरगहना सहितको झोला हराएको थियो । झोला हराएपछि नेपालीले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार उक्त झोला चौधरीले फेला पारेपछि आज नेपालीलाई फिर्ता गरिएको हो । एक तोलाको छड्के तिलहरी, तीन तोलाको हार, ५ आनाको माईली तिलहरी, २ आनाको काँटा, १२ सय नगद र एक थान मोवाईल चौधरीले फिर्ता गरेकी हुन् ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/12/25, 11:41
2021/03/14, 3:28