सुदूरपश्चिम प्रदेशमा १२२ नमूना परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि
2021/01/19, 12:21
 
corona

सोमबार सुदूरपश्चिम प्रदेशमा  १ सय २२ जनाको नमूना परीक्षण भएको छ।  सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ  । प्रदेशका ३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप  ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।  

बझाङको प्रयोगशालामा ५ जना, सेती प्रादेशीक अस्पतालमामा ३ जना र डोटीको प्रयोगशालामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको  छ  । सेती अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल डोटी र बझाङ्ग अस्पतालको प्रयोगशालामा १ सय २२ जनाको नमूना परीक्षण गर्दा ९ जनामा कारोना संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

सेती अस्पतालको प्रयोगशालामा ९५ नमूना परीक्षण गर्दा ३ जना, बझाङ्ग अस्पतालको प्रयोगशालामा १८ जनाको नमूना परीक्षण गर्दा ५ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ९ जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण देखिएकोे मन्त्रालयले जानकारी दिएको छ।  

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ३६ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १२ हजार ३ सय २९ जनाले कोरोना जितेका छन्। ७४ जनाको मृत्यु भएको छ।