मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका २ जनाको अवस्था गम्भीर
2021/01/19, 10:56
 
accidnet

कञ्चनपुरको बेलौरी नगरपालिकाको बेलौरी बजार स्थित महाशक्ति पेट्रोल पम्प नजिक आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्।  बेलौरी नागरपालिका ४ रिछहाका ४७ का वासुदेब चौधरी र मोटरसाइकलमा सवार लालझाँडी गाउँपालिका ३ बल्मीका २८ कमल बहादुर राना गम्भीर घाइते भएका हुन्। 

ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव उपरीक्षक कमल कुमार खड्का अनुसार चौधरीले आफैंले चलाएको सु.प.प्र ५७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो। गम्भीर घाइते भएका उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको प्रहरीले जनाएको छ।