कैलालीमा आरटीआई सञ्जाल गठन, संयोजकमा पुष्पराज जोशी
2021/01/19, 5:20
 
pp

सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल (आरटीआई) को कैलाली समिती मंगलबार गठन गरिएको छ । समितीको संयोजकमा पुष्पराज जोशी चयन भएका छन् । समितीको सहसंयोजकमा लिलाघर न्यूरे, सदस्य सचिवमा विजय राना चयन भएका छन् । सदस्यहरुमा शंकर बोहरा, नवराज पनेरु, पाण्डव पुजारा, शेर बहादुर शाह, झलनाथ खनाल, बिरेन्द्र शाह, जमुना न्यूरे, ईन्दु केशी, तेज बोहरा, दिनेश बिष्ट, भक्तराज देवकोटा, कामदेब ओझा र हेमराज भट्ट रहेका छन् । 

यस्तै युवराज न्यौपाने, नवराज खनाल, नरेन्द्र चौधरी, रमित पाण्डे, जय बुढा, लोकुसिह ठकुरी, रसुता जैरु, नारायण प्रशाद जोशी, चन्द्रकला बिक, कृष्ण प्रशाद ओझा, भक्तराज देवकोटा रहेका छन् । सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपालका संयोजक उमीद बागचन्दले सरकारी कार्यालय सहित स्थानीय तहहरुका सबैखालका सुचना प्राप्त गर्न पत्रकार र आम नागरिकको हकलाई संजालले प्रत्याभूत गर्ने बताए । सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल सुदूरपश्चिम संयोजक प्रेम ढुगानाको संयोजकत्वमा भएको कार्यक्रम मंगलबार दिउसो २ बजेदेखि जुममार्फत गरिएको थियो ।