प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले सुदूरपश्चिमका सबै वडाहरुमा प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनपछि त्यसको विरोध कार्यक्रमसँगै नेपाली कांग्रेसले निर्वाचनको तयारी पनि गरेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रित विरोध कार्यक्रम गरिसकेको कांग्रेसले आज वडास्तरको विरोध कार्यक्रम गरेको हो ।
विघटित प्रतिनिधिसभामा कमजोर अवस्थामा रहेको प्रमुख प्रतिपक्षी कांग्रेस प्रतिनिधि सभा विघटनसँगै सत्तारुढ दल नेकपामा आएको विभाजनले केही हौसिएको छ । नेपाली कांग्रेस धनगढी उप–महानगरपालिका नगर समितिका सभापति नृपबहादुर वडले कम्यूनिष्टहरुले अपराधीहरुलाई माला पहिराएका कारण अपराध बढेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसले वडा नम्बर ६ मा आयोजना गरेको वडा स्तरीय विरोधसभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन । अपराधीहरुको अभिभावक केपी ओली नेतृत्वको कम्यूनिष्ट सरकार हो ।’ नगर प्रमुख वडले भने– ‘तीन बर्षको अवधिमा कम्यूनिष्टहरुले बलात्कारी, चोर, हत्यारा, भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने काम मात्रै ग¥यो । कम्यूनिष्टलाई दुई तिहाईको बहुमत दिदा पनि सरकार चलाउन सकेन । सबैकुराबाट असफल भएपछि ओलीले संविधान बिपरित संसद बिघटन गरे ।’ नगर प्रमुख वडले संसद बिघटन गर्ने ओलीले नैतिक रुपमा प्रधानमन्त्रीको कुर्चीमा बस्न नहुने बताए । नगरप्रमुख वडले प्रचण्डले १७ हजार गरिवका छोराछोरी मारेर १७ जना आफ्नो परिवारका सदस्य र नातेदारलाई पद दिएको बताए ।