दार्चुलाको लेकम गाउँपालिकाका वडाध्यक्षले दिए राजिनामा
2021/01/21, 4:31
rajinamam

लेकम गाउँपालिका प्रबक्ता एवम वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले पदबाट राजिनामा दिएका छन । वडा अध्यक्ष जोशीले बुधबार लेकम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विरबहादुर ऐर समक्ष राजिनामा बुझाएका हुन ।

प्रमुख प्रशासकिय अधिकृत बिरबहादुर ऐरले भने वडाध्यक्ष जोशीले आफूलाई राजिनामा पत्र बुझाएको र आफुले यो आफ्नो कार्यक्षेत्र नभएकोले गाउँपालिका अध्यक्षलाई पत्र बुझाउन भनेको बताए ।  वडाध्यक्ष जोशीले कार्यालयमा मदिरा सेवन गरि अपशब्द प्रयोग गरेको आरोप लागेको छ ।

यसअघि वडा अध्यक्ष जोशी माथि सेवाग्राहीले दिएको सिफारिस च्यातेर फालेको र मदिरा सेवन गरि अपशब्द प्रयोग गरि गाली–गलोैज गरेको आरोप लागेको थियो ।