सरकारको विरोधमा लेख्ने पत्रकार नर्क जाने प्रधानमन्त्री ओलीको दावी
2021/01/21, 5:09
 
pm

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकारहरुको चर्को आलोचना गरेका छन् । प्रेस संगठनको आफू पक्षीय कार्यकर्ताहरुको भेलामा चर्को आलोचना गरेका हुन् । उनले त्यस्ता मिडियाहरु नर्कमा जानेसमेत बताए । ‘राष्ट्रको हितको पक्षमा छँदै छैन। स्वार्थबाट अन्धो हुन्छ। जब मान्छे आत्मा बेच्छ । त्यसपछि त्यो नर्कमा गइसकेपछि फर्किनै सक्दैन । के गर्ने त्यसलाई निकाल्नै सक्दैन,’ उनले भने ‘जति तपस्या गर्नुस्। जति धाम जानुस्। जति योग गर्नुस्। पाप पखालिँदैन ।’

उनले राजतन्त्र हुँदा बक्सियोस् लेख्नेहरुले अहिले तिमी लेखेको भनेर ब्यङ्ग्य गरे । ‘राजतन्त्र हुँदा दरबार हुँदा राजा हुँदा राजाका श्रीमती हुँदा त्यसबेला हामी कसरी बोल्थ्यौँ? आज हेर्नु, हुकुम बक्सियो भन्थौँ। हेर्नु भन्दैनथ्यौं, नजर भयो भन्थ्यौं । सवारी भयो भन्थ्यौं,’ प्रधानमन्त्री ओलीले अगाडि भने, ‘अहिले, हिँड्नु भयो, खानु भयो भन्न गाह्रो छ। किनकि हामी उनी हिँडे भन्छौं। हाम्रा बाले हेरे। हाम्री आमा त्यहीँ थिइन्, तिनले पनि हेरिन्। तपाईँहरु त्यही लेख्नुहुन्छ होइन् ।’