धनगढी जुनियर जेसिजको अध्यक्षमा अवस्थी चयन
2021/01/22, 3:03
 
jc

धनगढी जुनियर जेसिजको वर्ष २०२१ को लागि नयाँ नेतृत्व चयन भएको छ । बिहिवार भएको छैठौ वार्षिक साधारण सभाबाट धनगढी जुनियर जेसीज वर्ष २०२१ को लागि नयाँ नेतृत्व चयन गरिएको हो । अध्यक्षमा देवराज अवस्थीको नयाँ नेतृत्वमा नयाँ नेतृत्व चयन गरिएको हो । कार्यकारिणी उपाध्यक्षमा अबिशेक बिष्ट र अभिनाश गुराँगाई, कानुनी सल्लाहकारमा रन्जना पन्त, महासचिवमा निराजन जोशी, कोषाध्यक्षमा प्रियान्सा उप्रेती चयन भएका छन् ।

यस्तै धनगढी जुनियर जेसिसको उपाध्यक्षमा रीदम रोकाया, रामकृष्ण जोशी, साकार बिष्ट, चेतन पाण्डेय चयन भएका छन् भने तालिम संयोजकमा आकाक्षा बिष्ट, शाखा सम्पादकमा  कबिता बिष्ट, वृद्धि संयोजक जगदीश न्यौपाने, प्रकरण निर्देशकमा भुपेन्द्र बोगटी, कोष वृद्धि संयोजकमा चादनी बिष्ट, जनसम्पर्क अधिकारीमा पवन भट्ट, सहसचीवमा शुभम पनेरु, सहकोषाध्यक्षमा रुपेश महरा चयन भएका छन् ।