सुदूरपश्चिममा १३७ नमुना परीक्षण हुँदा थप १५ जनामा कोरोना पुष्टि
2021/01/22, 6:44
 
corona

सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका प्रयोगशालाहरुमा १ सय ३७  जनाकोे नमूना परीक्षण गर्दा थप १५ जनामा कोरोना पुष्टि भएको हो । प्रदेशका ३ वटा प्रयोगशाला मार्फत पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय २८ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ८ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा एक जनाको नमूना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ७७ पुगेको छ । संक्रमण पुष्टि भएका मध्ये १२ हजार ४ सय ६८ जनाले कोरोना जितेका छन् भने ७४ जनाको मृत्यु भएको छ ।