
सुदूरपश्चिम प्रदेशमा कुल संक्रमितमध्ये हालसम्म १२ हजार ४७१ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म १३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएकोमा ८९.४७ प्रतिशतका दरले संक्रमित निको भएका छन् ।

हालसम्म एक लाख ३५ हजार २१ स्वाब नमूना जाँच गरिएको छ । अब एक हजार ४१२ जनामात्रै सक्रिय संक्रमित रहेका छन् । शनिबार कञ्चनपुरका तीन जना संक्रमित निको भएर घर फर्केको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
यसैबीच, कोरोना संक्रमण दर घटेको सुदूरपश्चिममा शनिबार एक जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/11, 10:45
2020/11/25, 9:12
2023/03/21, 12:18