
कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर ९ तुम्नाडीबाट सात ग्राम चार सय ९० मिलिग्राम खैरौ हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भीमदत्त– १० सुकासालका ३५ वर्षीय विनोद चन्द र वडा नम्बर ५ का २४ वर्षीय सुवाश लुहारलाई पक्राउ गरिएको जानकारी दिए । लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थापाले बताए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/12/25, 11:41
2021/03/14, 3:28