मुक्तकमैया र वादी समुदायका ६७ परिवारलाई खाद्यान्न वितरण
2020/06/01, 7:39
 
korona

कैलालीका विभिन्न स्थानका ६७ परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।  विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको बादी समुदायमा रहेका ५१ परिवार कैलालीकै घोडाघोडी नगरपालिका–१ मा रहेको हिम्मतपुर मुक्त कमैया शिविरका १२ परिवार तथा लोहरपुर गाउँका ४ सहित ६७ परिवारलाईसहयोग नेपालको पहलमा खाद्यान्न वितरण गरिएको हो । 

k

गैर आवासीय नेपाली संघ स्विजरल्याण्डका उपाध्यक्ष शुभ एल्मार लामाको  आर्थिक सहयोगमा प्रति परिवार १५ केजी चामल, ५ केजी पिठो, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल, २ केजी सोयाविन र ५ केजी पिठो र सावुन लगायतका खाद्यान्न वितरण गरिएको सहयोग नेपालका अध्यक्ष प्रकाश मिश्रले जानकारी दिए । 

1

विश्व महामारी सँग लडिरहेका वेला देशमा लकडाउनको समयमा मजदुर वर्गलाई समस्या परेको र उनीहरुहरुको घरमा चुल्हो नबल्ने स्थिति आएकाले आफूहरूको पहलमा एउटा पुण्यको काम गर्न पाएको अध्यक्ष मिश्रले बताए ।