धनगढीमा कम्ब्याट ड्रेससहित ५० हजार युवा दस्ता उतार्छाै : थरुहट मोर्चा
2021/01/24, 2:12
 
tharu

थरुहट÷थारुवान राष्ट्रिय मोर्चाले धनगढीमा सरकारविरुद्ध कम्ब्याट ड्रेससहित ५० हजार युवा उतार्ने चेतावनी दिएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मोर्चाले यस्तो चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज थारुले राज्यबाट निरन्तर दमन भईरहेको बताउँदै विद्रोहको तयारीमा रहेको जानकारी दिए ।

उनले भने, ‘धनगढीमा फागुन १५ र १६ गते कम्ब्याट ड्रेससहित ५० हजार युवा दस्ता उतार्छाै ।’ कानुनी लडाइको क्रममा सर्वोच्च अदालत जाने र सडक संघर्ष गर्ने बताउँदै प्रवक्ता थारुले अबको आफुहरुको आन्दोलन धनगढी र टीकापुर केन्द्रित हुने बताए । 

पुस २ गते उच्च अदालत दिपायलले यसअघि जिल्ला अदालत कैलालीको फैसलालाई उल्ट्याउँदै मोर्चाका केन्द्रीय संयोजक लक्ष्मणसहितलाई जन्मकैद फैसला सुनाएको थियो। । त्यस्को विरोधमा मोर्चा आन्दोलनमा छ ।