प्रेस संगठनद्धारा पत्रकार श्रेष्ठमाथि दुर्व्यवहार गर्ने केसीलाई कार्वाहीको माग
2021/01/25, 2:04
 
pp

जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुखले पत्रकारमाथि गरेको दुव्र्यवहार प्रति प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले घटनाको छानविन सहित केसीलाई कडा कार्वाही गर्न माग गरेको छ ।

समाचार संकलनका क्रममा रेडियो धनगढीका समाचार संयोजक तथा अर्थ सरोकार सुदूरपश्चिम संयोजक सुदर्शन श्रेष्ठमाथि कार्यालय प्रमुख सुरेन्द्र केसीले अपशब्द बोल्दै दुव्र्यवहार गरेको घटनाप्रति प्रेस संगठनले निन्दा गरेको हो ।

प्रेस संगठन नेपाल प्रदेश कमिटी सह–संयोजक नवराज भण्डारीद्धारा जारी प्रस विज्ञप्तीमा भनिएको छ,“ संबैधानीक रुपमा ग्यारेण्टी गरिएको प्रेस स्वतन्त्रता र सुचनाको हकलाई नै चुनौती दिदै केसीले श्रेष्ठमाथि गरिएको हातपात र दुव्र्यवहार समग्र मिडिया र पत्रकार माथिको आक्रमण हो ।’ घटनाको छानविन सहित केसीलाई कडा भन्दा कडा कार्वाहीका लागि सरोकारवाला निकाय, प्रमुख जिल्ला अधिकारीको ध्यान आकृष्ट गर्न चाहन्छौ ।”

कर्मचारीको मनपरीका कारण सास्ती खेप्नुपरेको भन्ने सेवाग्राहीको गुनासोपछि आर्ईतबार रिर्पोटिङका लागि मालपोत कार्यालय पुगेका पत्रकार श्रेष्ठमाथि प्रमुख केसीले हातपातको प्रयास गर्दै कार्यकक्षमै दुर्व्यवहार गरेका थिए ।