कैलालीमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । जिल्लाको अत्तरियामा रहेको सार्थक प्यालेस होटलबाट २४ ग्राम ५४ मिलिग्राम ब्राउन सुगरसहित पुरन कोटारीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी बैतडीका २८ वर्षीय युवक हुन् ।

लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले कोटारीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । कोटारीका साथबाट लागुऔषधका साथै नगद ७० हजार रुपैयाँ र दुई थान मोबाइल पनि बरामद गरिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/18, 11:48
2020/11/07, 12:08
2022/08/09, 5:54