धनगढीका २५ बर्षीय युवकको हत्यामा संलग्न भनिएका चार जना १५ बर्षपछि पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्वर ६ जाली गाउँ बस्ने २५ बर्षीय दुःखराम चौधरीको हत्याका चार जना आरोपितलाई प्रहरीले पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालीका वडा नम्बर ६ जाली बस्ने ३५ बर्षीय सियाराम चौधरी, ३३ बर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ बर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ बर्षीय तारा भन्ने तारा प्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
२०६२ साल साउन ११ गते राति २५ बर्षीय चौधरी बेपता भएका थिए । १२ गते बिहान धानको खेतबारीमा उनी मृत फेला परेका थिए । उनको हत्या भएको भन्दै चार जनाबिरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता भएकोमा उनीहरु १५ बर्षदेखि फरार थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/18, 11:48
2020/11/07, 12:08
2022/08/09, 5:54