कैलालीकी युवतीलाई चार बर्षसम्म बन्धक बनाएर बलात्कार गर्ने एकजना पक्राउ
2021/01/26, 1:17
 
a

कैलालीकी युवतीलाई चार बर्षसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ०७३ साल जेठ ३० गतेदेखि ०७७ साउन १५ गतेसम्म जिल्लाको भजनी नगरपालिका वडा नं ४ कि एक युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा घोडाघोडी नगरपालिका वडा नं २ साँडेपानी बस्ने बर्ष २४ का छित्ता भन्ने अर्जुन बिकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार बिकले ति युवतीलाई काठमाडौँमा बन्धक बनाएर जबरजस्ती करणी गरेका थिए । साउन १५ गते युवतीलाई कोठामै राखेर बिक फरार भएको जाहेरी दरखास्त परेपछि प्रहरीले बिकलाई पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलिले माघ ८ गते काठमाडौस्थित तिनकुनेबाट पक्राउ गरेको हो ।