
नयाँ स्वादका पारखीका लागि कैलालीको धनगढीमा ‘चिकेन स्टेशन’ सञ्चालनमा आउने भएको छ । जिवन बिमा क्षेत्रमा लामो समयदेखि कार्यरत तथा सामाजिक कार्यमा सक्रिय युवा मदन भट्ट र पुष्प पडालले झण्डै एक करोडको लगानीमा ‘चिकेन स्टेशन’ सञ्चालन ल्याउने भएका हुन् । पडालसंग भारतको पाँच तारे ताज होटलमा काम गरेको अनुभव छ । सुदूरपश्चिममै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’ पस्किने तयारी रहेको सञ्चालकमध्येका भट्टले जानकारी दिए ।

मुख्यतः काठमाडौँबाट सञ्चालित ‘चिकेन स्टेशन’ सुदूरपश्चिममा विस्तार गर्ने लक्ष्यका साथ आफूहरुले धनगढीमा शाखा विस्तार गर्ने तयारी भएको उनले बताए । चिकेन स्टेशनमा ३० वटाभन्दा बढी प्रकारका कुखुराको परिकार पाइने भट्टले बताए । अबको केही महिनाभित्रै स्टेशन सञ्चालनमा आउनेछ । होम डेलिभरीको सुविधासमेत रहनेछ । चिकेन स्टेशनका नेपालमा ४० शाखा छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/18, 11:48
2020/11/07, 12:08
2022/08/09, 5:54