सुदूरपश्चिमले विश्वास नगरेका धनगढीका विपिनः जसलाई कर्णालीले पत्यायो
2021/01/28, 1:25
 
bipin rawal

धनगढीमा आगामी फागुनको तेस्रो सातादेखि धनगढीमा चण्डिका ग्रुप लिटिल फ्लावर प्रिमियर लिग सुरु हुदैछ । धनगढीका युवा क्रिकेटर विपिन रावल अहिले त्यसको तयारीमा जुटेका छन् । लिटिल फ्लावर स्कुलको टोलीको कप्तानी विपिनले गर्नेछन् ।

1

अघिल्लो संस्करणको च्याम्पीयन लिटिल फ्लावर पाँचौ संस्करणको पनि उपाधि रक्षाको दाउमा छ । त्यसका लागि विपिन रावल उत्कृष्ट नतिजाका लागि लागिरहेका छन् । उनको ब्याटको जादुकै कारण लिटिल फ्लावर चौथो संस्करणको च्याम्पीयन बनेको थियो । 

1

कक्षा १० सम्मका विद्यालयका विद्यार्थीहरु बाहेक तीन जना यु १९ खेलाडीहरुलाई पनि टीममा राख्न सकिने भएका कारण विपिनले लिटिल फ्लावरको नेतृत्व समालिरहेका छन् । उनी नेपाली अण्डर १९ टीमका पनि सदस्य हुन् । तर विडम्बना उनको क्षमतालाई सुदूरपश्चिम प्रदेशले पत्याउन सकेको छैन् ।

1

जस कारण उनले आफ्नो प्रदेश छोडेर अर्कै प्रदेशबाट क्रिकेट खेलेर आफ्नो क्षमता देखाउनु परेको छ । धनगढी निवासी विपिन पछिल्ला दुई बर्षदेखि कर्णाली प्रदेशबाट राष्ट्रिय क्रिकेटमा भविष्य खोजिरहेका छन् । 

2

2

उमेर समुहका प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट विभिन्न प्रतियोगिता पनि खेलेका छन् । त्यसमा उत्कृष्ट प्रदर्शन पनि गरेका छन् । तर उनलाई सुदूरपश्चिम प्रदेशले पत्याएको छैन । काठमाण्डौंमा चलिरहेको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले ऐतिहासिक जित हात पारेको छ ।

3

1

यसमा ओपनर ब्याट्सम्यान तथा विकेट किपर विपिनको महत्वपुर्ण भुमिका रहेको थियो । गण्डकी प्रदेश विरुद्ध ५ विकेटको ऐतिहासिक जितमा विपीनको ४९ रनको पारी खेलेका थिए । उनले दोस्रो विकेटका लागि ७५ रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए ।

3

3

चार खेल खेलेका विपिनले प्रदेश १ विरुद्ध पनि ४७ रनको पारी खेलेका थिए । क्रिकेटमा भविष्य खोजिरहेका उनी आफ्नो क्षमता देखाउनका लागि अर्कै प्रदेशबाट खेल्न बाध्य भएका हुन् । उनलाई आफ्नै प्रदेशबाट खेलेर प्रदेशलाई जिताउने मन छ ।

1

तर सुदूरपश्चिम प्रदेशमा उनको क्षमतालाई बुझि दिने कोही छैनन् । उनलाई अवसर दिने कोही छैनन् । उनको प्रदर्शनलाई हेरि दिने कोही छैनन् । 

2

विपिन धनगढी क्रिकेट एकेडेमीका खेलाडी र प्रशिक्षक पनि हुन् । पछिल्लो एक बर्षदेखि उनी धनगढी क्रिकेट एकेडेमीका किशोरहरुलाई तिखारि पनि रहेका छन् । आफ्नो पनि अभ्यासलाई निरन्तरता दिईरहेका छन् ।

1

१७ बर्षीय विपिन क्रिकेटमै लागेर केही गर्ने सोचमा छन् । अण्डर १९ टीमका लागि अझैं दुई बर्ष बाँकी छ । उनी यो समयलाई सदुपयोग गर्दै आफुलाई प्रमाणित गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन् । 

1