
धनगढीमा राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन गरिएको छ । राजसंस्था र हिन्दु राज्यको माग गर्दै कैलालीको धनगढीमा विहिबार प्रदर्शन भएको हो । धर्म साझा, देश साझा र राजा साझा भन्ने अह्वानका साथ सुन्दर सुदूरपश्चिमाञ्चलवासी जनताले धनगढीमा प्रदर्शन गरेको हो ।

धनगढीको बुद्धचोकबाट सुरु भएको प्रदर्शनको क्रममा कार, मोटरसाइकल र पैदल ¥याली धनगढीको मुख्य बजारमा निकालिएको थियो । राजाको समर्थनमा विभिन्न झाकी सहित धनगढीको मुख्य बजार क्षेत्रमा ¥याली निकालिएको आयोजक संगठनका ललित जोशीले जानकारी दिए ।

¥याली सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए । ¥याली मार्फ हिन्दु राज्यको पनि माग गरिएको छ । ¥यालीमा राजसंस्था पुनःबहालीको वकालत गर्दै आएका पक्षधरहरुको सहभागिता रहेको थियो ।
2025/05/09, 9:51
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/01, 12:48
2020/10/02, 7:06
2022/09/07, 3:02
2024/01/12, 4:29
2021/08/12, 10:31