खप्तड मालिका यातायातको अध्यक्षमा खलौला
2021/01/29, 1:05
 
kallaulla

धनगढीमा प्रधान कार्यालय रहेको खप्तड मालिका यातायात प्रालिको सञ्चालक समितिको अध्यक्षमा दिल बहादुर खोलौला चयन भएका छन् । बिहिबार अत्तरियामा भएको प्रालिको प्रथम साधारण सभाले सर्वसम्मत रुपमा दिल बहादुर खलौलालाई अध्यक्षमा चयन गरेको हो ।

अबको ४ वर्षसम्म खप्तड मालिका यातायात प्रालिमा खलौलाकै नेतृत्व रहने छ । समितिमा सर्वसम्मत चयन हुनेहरुमा अध्यक्ष खोलौला सहित सञ्चालक समिति सदस्यहरु यज्ञराज हमाल, हर्क बहादुर बि.क, दिनेश चौधरी, खडक बहादुर लामा, खडक बहादुर मल्ल, जित बहादुर बि.क ,भिम दत्त पाण्डेय, सुमित सिंह, राजु सुनार र सनेश कुमार हमाल रहेका छन् ।

निर्विरोध निर्वाचित भएपछि सपथ ग्रहण गर्दै अध्यक्ष खोलौलाले यातायात ब्यवसायीहरुका हक हितका लागी आफु निरन्तर लागी रहने प्रतिबद्धता जनाए । अध्यक्ष खोलौलासँगै सञ्चालक समिति सदस्यहरुले पनि सपथग्रहण गरेका छन् ।