७९ जना फरक क्षमता भएका किशोरीहरुलाई आत्मरक्षा तालिम
2021/01/29, 1:15
 
training

७९ जना फरक क्षमता भएका किशोरीहरुलाई आत्मरक्षा तालिम दिईएको छ । मर्सिकोर नेपाल र बेसद्धारा सञ्चालित सुरक्षित सिकाई (ब्लसम) परियोजना अन्तर्गत कैलालीका फरक क्षमता भएका किशोरीहरुलाई आत्मरक्षा तालिम दिईएको हो । 

1

दृष्टि विहीन, बहिरा र शारिरीक अपाङगता भएका किशोरीहरुलाई प्रहारसँगको सहकार्यमा आत्मरक्षा तालिम दिईएको हो । प्रहार मार्फत आत्मरक्षा तालिम सञ्चालन गर्दै अभियान सञ्चालक गरिरहेका प्रकाश चन्दले फरक क्षमता भएका किशोरीहरुलाई आत्मरक्षा तालिम दिएका हुन् । 

1

धनगढीको वेलामा रहेको दक्षिणकाली आधारभुत माविमा रहेका १५ जना र जोशीपुरको जनप्रकाश माविका २२ जना गरी ३७ जना वहिरा, टीकापुरको कर्णाली मावि र जोशीपुरको रघुनाथ माविका दश दश जना गरी २० जना दृष्टिविहीन र अत्तरियाको सुप समावेशी माविका २२ जना शारिरीक अपाङगता भएका गरी ७९ जना किशोरीलाई आत्मरक्षा तालिम दिईएको मर्सिकोर नेपालकी सिनियर प्रोजेक्ट अफिसर तोहाना वासुले जानकारी दिईन् । 

2

सुरक्षित सिकाई (ब्लसम) परियोजना अन्तर्गत विद्यालयमा सुरक्षित सिकाईका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।