
कञ्चनपुरमा चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् । पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट तीन दशमलव १८० मिलिग्राम र गोपालबाट १० दशमलव ८६० मिलिग्राम चरेश बरामद गरिएको छ ।

चरेशको कारोवार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आइतबार दुबैलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04