
नेपालका कराते खेलाडी जगत सिंह धानुकले वर्ल्ड भर्चुअल कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

भारतको रिपब्लिक डे को अवसरमा आयोजना भएको च्याम्पियनसिपमा सुदूरपश्चिमका धानुकले स्वर्ण जितेका हुन् ।
उनले पुरुषको १९ देखि २१ को व्यक्तिगत काता स्पर्धामा स्वर्ण जितेका हुन् ।

सोही प्रतियोगितामा नेपालमा प्रतिनिधित्व गरेका प्रनिल मानन्धर र सन्जु देसारले पनि स्वर्ण पदक प्राप्त गरेका छन् ।
१५ देखि १८ बर्ष उमेर समुहको पुरुष काता तर्फको व्यक्तीगत स्पर्धामा मानन्धरले स्वर्ण जितेका हुन् ।
१५ देखि १५ बर्ष उमेर समुहको महिला तर्फको व्यक्तीगत कार्ता स्पर्धामा देसारले पनि स्वर्ण पाएकी हुन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02